त्यसपछि प्रधानमन्त्री कार्कीलाई राष्ट्रपति पौडेलले भने- देश सफल होस्, जनता बँचुन्

काठमाडाैं | भदौ २८, २०८२

त्यसपछि प्रधानमन्त्री कार्कीलाई राष्ट्रपति पौडेलले भने- देश सफल होस्, जनता बँचुन्

काठमाडौं:  ६ महिना भित्र प्रतिनिधिसभाको अर्का निर्वाचन गराउनु नवनियुक्त प्रधानमन्त्री सुशीला कार्की नेतृत्वको सरकारको प्रमुख कार्यभार हो।


राष्ट्रपति रामचन्द्र पौडेलले नेपालको संविधान बमोजिम राष्ट्रपतिमा अन्तरनिहित संवैधानिक अधिकार प्रयोग गरी पूर्वप्रधानन्यायाधीश कार्कीलाई प्रधानमन्त्री पदमा शुक्रबार राति नियुक्त गरे।


 नेपालको संविधानको पालना र संरक्षण एवम् नेपालको राष्ट्रिय एकताको प्रवर्द्धन गर्न आवश्यक भएकाले संविधानले राष्ट्रपतिलाई सुम्पिएको संवैधानिक प्रतिबन्धात्मक व्यवस्था बमोजिम कार्कीलाई प्रधानमन्त्रीमा नियुक्त गरेका हुन्।


जेनजी युवाको आन्दोलनको बलमा गठन भएको वर्तमान सरकारको नेतृत्व  निर्भिक महिलालाई प्राप्त भएको छ। कार्कीले पहिलो महिला प्रधानमन्त्रीको इतिहास कायम समेत गरेकी छन्।


उनले विकसित संक्रमणकाललाई निर्वाचनमार्फत पार लगाउने गहन दायित्व प्राप्त गरेकी छन्।


यही भदौ २३ र २४ गते जेनजी युवाले गरेको आन्दोलनको बलमा एकाध दिनभित्रै सरकारमा आएको परिवर्तनपछि प्रधानमन्त्रीका रुपमा कार्कीले जिम्मेवारी सम्हालेकी हुन्।


शुक्रबारको सपथ ग्रहण समारोहमा ठूलो उपस्थिती थिएन। परिस्थितिलाई ध्यानमा राखेर केही उच्चपदस्थ मात्रै सहभागी थिए।


राष्ट्रपतिसँगै उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानन्यायाधीश  प्रकाशमानसिंह राउतको उपस्थिती थियो।


पूर्व प्रधानमन्त्री डा बाबुराम भट्टराई र राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद सुमना श्रेष्ठ पनि सहभागी थिइन्। समारोहमा अमेरिका, चीन, भारतलगातयका देशका राजदूतको सहभागिता थियो भने आन्दोलनरत पक्षका रुपमा जेनजी युवाहरुको सहभागिता थियो।


नवनियुक्त प्रधानमन्त्री कार्कीका श्रीमान दुर्गा सुवेदी पनि उपस्थित थिए। सपथ ग्रहणपछि राष्ट्रपति पौडेलले प्रधानमन्त्री कार्कीलाई शुभकामना दिए।


शुभकामना दिँदै उनले देश सफल होस् भन्ने कामना पनि गरे।  


ुतपाईंलाई धेरै धेरै बधाइ। तपाईं सफल हुनुस्। देश सफल होस्। जनता बचून्,ु शुभकामना दिँदै उनले भने।

कास्की ।    पोखराको चिप्लेढुङ्गामा सञ्चालित सफल निरमाया दोहोरी साँझ एण्ड रेष्टुरेन्टले २२ औं वार्षिकोत्सवको अवसरमा विशेष सांगीतिक कार्यक्रम २०८३’ आयोजना गर्ने भएको छ ।   भोलिदेखि (अस...

थप पढ्नुहोस्

भेनेजुएलामा भूकम्पमा परी मृत्यु हुनेको संख्या ९२० पुगेको छ।   गत बुधबार राति ७.२ र ७.५ म्याग्नेच्युडको शक्तिशाली भूकम्प जाँदा मृत्यु हुनेको संख्या शनिबारसम्म ९२० पुगेको अन्तर्राष्ट्रिय समाचार संस्था एसो...

थप पढ्नुहोस्

काठमाडौँ ।  नेपाल सरकारले साउदी अरबले कार्यान्वयन गर्न लागेको नेपाली श्रमिकको सीप प्रमाणीकरण (एसभीएफ) प्रक्रियालाई तत्काल स्थगन गर्न साउदी सरकारसँग आग्रह गरेको छ।   उक्त प्रक्रियाका कारण नेप...

थप पढ्नुहोस्